कोरोना अपडेट : थप १ हजार ५ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १० जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०१ असोज २०७८, १६ : १३
कोरोना अपडेट : थप १ हजार ५ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ जार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १ हजार ८६ र ३ हजार७ सय २० जनाको एन्टीजिन टेष्ट गर्दा ४ सय ७२ जनामा संक्रमण देखिएको हो ।

१ हजार ३ सय ५१ जना संक्रमणमुक्त भएका छन् । देशभरमा २५ हजार ४९७ सक्रिय संक्रमित छन् ।

उनीहरुमध्ये १ सय १७ जनाको भेन्छिलेटरमा, ३ सय ८६ जनाको आईसीयूमा उपचार भइरहेको छ । १ हजार ५ सय ४७ जना संस्थागत आइसोलेनमा र २३ हजार ९५० जना होम आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।