चितवनमा ४६ जना नयाँ संक्रमित थपिए, एक जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०१ असोज २०७८, १५ : २७
चितवनमा ४६ जना नयाँ संक्रमित थपिए, एक जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । यससँगै जिल्लाभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४०९ पुगेको छ ।

त्यस्तै आज ४६ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमित थपिएसँगै जिल्लाभर कोरोना संक्रमितको संख्या २५ हजार ४८५ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

आज जिल्लाभर सक्रिय संक्रमित ६५५ जना रहेका छन् । उनीहरु मध्ये ६२६ जना होम आइसोलेसनमा छन् भने २९ जना अस्पतालमा छन् ।यता, पछिल्लो २४ घण्टामा ६५ जनाले कोरोना कोरोना जितेका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या २४ हजार ४२१ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस