काठमाडौं । अघिल्लो महाधिवेशनमा आमन्त्रितसहित १ सय ३५ सदस्यीय केन्द्रीय समिति रहेको कांग्रेसको यो महाधिवेशनमा १ सय ६१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने गरी विधानमा व्यवस्था गरिएको छ ।
कांग्रेस केन्द्रीय समितिमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठ गरी प्रत्यक्ष निर्वाचित १३ पदाधिकारी हुन्छन् । सहमहामन्त्रीको निर्वाचन भने समानुपातिक एवं समावेशी सिद्धान्तको आधारमा हुनेछ ।
१४औं महाधिवेशनका लागि संशोधन गरिएको विधानमा महिला कोटाबाट एक, आदिवासी जनजाति कोटाबाट एक, दलित कोटाबाट एक, मधेसी कोटाबाट एक, खस आर्य कोटाबाट एक, थारू कोटाबाट एक, मुस्लिम कोटाबाट एक र पीछडिएको क्षेत्रबाट एक जना गरी आठ जना सहमहामन्त्री हुने व्यवस्था छ ।
पदाधिकारीका रूपमा रहने कोषाध्यक्ष भने निर्वाचित सदस्यमध्यबाट सभापतिले मनोनित गर्ने व्यवस्था छ । केन्द्रीय सदस्यहरुमा प्रत्यक्ष निर्वाचित कोटा ३५ जना छ भने प्रत्यक्ष निर्वाचित महिला कोटा ९ जना रहेको छ ।
प्रत्येक प्रदेशको प्रतिनिधित्व हुने गरी प्रदेश कोटाबाट एक महिलासहित तीन जनाको दरले २१ जना निर्वाचित हुन्छन् । १४औं महाधिवेशनमा समानुपातिक समावेशीको सिद्धान्तका आधारमा निर्वाचित हुने केन्द्रीय सदस्यको संख्या ५४ जना रहेको छ । समानुपातिक समावेशीको आधारमा निर्वाचित हुने ५४ जनामध्ये दलित महाधिवेशन प्रतिनिधिबाट ४ महिलासहित ९ जना हुन्छन् भने आदिवासी जनजाति महाधिवेशन प्रतिनिधिबाट ७ महिलासहित १५ जना निर्वाचित हुने व्यवस्था छ ।
यसै गरी, खसआर्य महाधिवेशन प्रतिनिधिमध्येबाट ६ महिलासहित १३, मधेसी महाधिवेशन प्रतिनिधिबाट ४ महिलासहित ९, थारू महाधिवेशन प्रतिनिधिमध्येबाट २ महिलासहित ४, मुस्लिम महाधिवेशन प्रतिनिधिमध्येबाट १ महिलासहित ३ र पीछडिएको क्षेत्रबाट आएका महाधिवेशन प्रतिनिधिमध्येबाट १ जना केन्द्रीय सदस्यमा निर्वाचित गरिने विधानमा व्यवस्था गरिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा अल्पसंख्यक र अपांगता भएको कोटाबाटा २ जना निर्वाचित हुने व्यवस्था छ । केन्द्रीय सभापतिले समावेशी हुने गरी ३३ जना सदस्य मनोनित गर्न पाउने व्यवस्था छ । सभापतिले केन्द्रीय सदस्य मनोनित गर्दा केन्द्रीय कार्यसमितिमा एक तिहाइ महिला पुर्याउनुपर्ने कुरालाई मुख्य ध्यान दिनुपर्ने छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०१ असोज २०७८, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?