गण्डकीमा थप १३७ जनामा कोरोना सङ्क्रमण

रासस

विहीबार, ३१ भदौ २०७८, २१ : ०२
गण्डकीमा थप १३७ जनामा कोरोना सङ्क्रमण

काठमाडौं । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस अवधिमा ९६३ जनाको कोरोना परीक्षण गरिएकामा सबैभन्दा बढी कास्कीका १०३, नवलपरासी पूर्व र स्याङ्जाका नौ÷नौ, तनहुँका सात, लम्जुङका छ, पर्वतका दुई र बाग्लुङका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा चार जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 

उनका अनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतली बजार नगरपालिका–८ का ४९ वर्षीय र चापाकोट नगरपालिका–३ का ८१ वर्षीय पुरुष थिए ।

त्यस्तै बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका–५ का ५३ वर्षीय पुरुष र कास्कीको रुपा गाउँपालिका–४ का ९० वर्षीय महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यस अवधिमा प्रदेशमा २५२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक हजार ३२१ जना होम आइसोलेसनमा छन् । 

प्रतिक्रिया दिनुहोस