अनेरास्ववियू (क्रान्तिकारी)को प्रथम बागमती प्रदेश सम्मेलन असोज ४ गते हुने

सफल खबर संवाददाता

विहीबार, ३१ भदौ २०७८, १७ : १८
अनेरास्ववियू (क्रान्तिकारी)को प्रथम बागमती प्रदेश सम्मेलन असोज ४ गते हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को प्रथम बागमती प्रदेश सम्मेलन असोज ४ गते काठमाडौँमा हुने भएको छ । ‘संघिय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षार्थ हाम्रो आन्दोलन !! संविधानको कार्यन्वयन र समग्र शैक्षिक रुपान्तरणको लागि प्रथम बागमती प्रदेश सम्मेलन !!’ भन्ने मूल नाराको साथ् प्रथम प्रदेश सम्मेलन हुन लागेको प्रदेश संयोजक पवन कार्कीले बताए ।

सम्मेलनको तयारीका लागि प्रदेश संयोजक पवन कार्कीको नेतृत्वमा मूल आयोजक समिति र प्रतिवेदन लेखन उपसमिति रहनेछ । प्रदेश सह-संयोजक प्रसुन कार्कीको नेतृत्वमा आर्थिक उपसमिति, बद्रि चुडालको नेतृत्वमा मंच तथा मेष व्यवस्थापन उप-समिति, सुरज सिंह ठकुरीको नेतृत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, कृष्ण न्यौपानेको नेतृत्वमा स्वयंसेवक उपसमिति, संजीव रेग्मीको नेतृत्वमा प्रचारप्रसार उपसमिति तथा प्रदिप अर्यालको नेतृत्वमा कार्यालय व्यवस्थापन उपसमिति निर्माण भएका छन् ।क्रान्तिकारीले प्रतिनिधिको पनि स्पस्ट मापदण्ड तोकेको छ ।

प्रतिक्रिया दिनुहोस