काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको आपूर्ति बढाउन नेपाल राष्ट्र बैङ्कसँग आग्रह गरेको छ।
महासङ्घका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको टोलीले राष्ट्र बैङ्कको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलसँग भेटेर बजारमा कच्चा सुनको माग र आपूर्तिबीच चरम असन्तुलन रहेको भन्दै त्यसलाई कम गर्न आपूर्ति बढाउन आग्रह गरेको हो।
महासङ्घका अनुसार चाडबाडको समयमा दैनिक ३५ देखि ४० किलोसम्म र अन्य सामान्य समयमा दैनिक २५ देखि ३० किलो सुनको माग रहेको छ। हाल व्यवसायीले दैनिक २० किलोका दरले मात्र कच्चा सुन पाउँदै आएका छन्। गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ३१ भदौ २०७८, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि