काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ को दोस्रो खेलमा नेपालले ओमान सामु जीतका लागि १ सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९६ रन बनाएको हो ।
नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९० रन बनाए ।
ओमानी बलरसामु सम्हालिन नसकेको नेपालको एक इन्डबाट लगातार विकेट जाँदा ओपनर आशिफले भने ओडीआई करियरकै पहिलो अर्धशतकीय इनिङ खेल्दै ९० रनको महत्त्वपूर्ण योगदान गरे । नेपालका लागि १ सय १२ रनको सामना गरेका आशिफले ७ चौका र १ छक्का प्रहार गरेका थिए ।
ओपनर कुशल भुर्तेल दुई बलको सामना गरेर शून्यमा पेभेलियन फर्किँदा कप्तान ज्ञानेन्द्र मल्लले २१ रनमा आउट भए । सोमबार भएको अमेरिकाविरुद्धको खेलमा अविजित अर्धशतक बनाएका रोहित पौडेलले पनि २० रन मात्रै जोडेर पेभेलियन फर्किँदा विनोद भण्डारी ६, सोमपाल कामी ७, कुशल मल्ल ४ र विक्रम शोब २ रन बनाएर आउट भए । सन्दीप लामिछानेले १० बलमा १६ रन बनाएर आउट हुँदा करण केसीले ४८ बलमा २१ रन जोडे । सुशन भारी २ रनमा अविजित रहे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ भदौ २०७८, १९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती
ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा
राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
एसियाली छनोट : समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल