गैँडाकोटमा बस र ट्रक ठक्कर ठक्कर खाँदा तीनको मृत्यु, २४ घाइते

सफल खबर संवाददाता

मंगलबार, २९ भदौ २०७८, ०९ : ०६
गैँडाकोटमा बस र ट्रक ठक्कर ठक्कर खाँदा तीनको मृत्यु, २४ घाइते

चितवन । बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको हो । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सु प्र०२–००१ नंको यात्रुबाहक बस र ना ६ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१० स्थित २३ स्मृति पुलनजिक एकआपसमा आज विहान ४ बजे ठोक्किएको थियो ।  

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खसेको छ । मृतकको हालसम्म पहिचान खुलेको छैन । प्रहरीका अनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । 

बसमा चालकसहित २६ जना सवार रहेका थिए । तीमध्ये तीन जना घाइतेको अवस्था गम्भीर छ । यसैगरी  ट्रकका चालकसमेत घाइते भएका छन् । घाइतेकोे नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस