कोरोना अपडेट : सोमबार १ हजार ८ सय कोभिड संक्रमित थपिए, २० जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २१ भदौ २०७८, १७ : ०९
कोरोना अपडेट : सोमबार १ हजार ८ सय कोभिड संक्रमित थपिए, २० जनाको मृत्यु

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर १ हजार ८९७ जना कोभिड संक्रमित थपिएका छन् । १५ हजार ९७९ वटा नमूनाको परीक्षण गर्दा १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो । 

पछिल्लो चौबीस घण्टामा २० जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ । 

आज १ हजार ७४३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म देशभर कोभिड १९ का सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।