नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरी कतार प्रस्थान

सफल खबर संवाददाता

सोमबार, २१ भदौ २०७८, १५ : ३५
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरी कतार प्रस्थान

file-photo

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कतार प्रस्थान गरेका छन् । प्रशिक्षक अल्मुताइरी आज कतार प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

साफ च्याम्पियनसिपका लागि नेपाली टिमले कतारको दोहामा तयारी गर्दैछ । जसका लागि प्रशिक्षक अल्मुताइरी कतार गएका हुन् । नेपाली टिम भदौ २५ मा दोहा प्रस्थान गर्ने छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनशीप असोज १५ देखि ३० गतेसम्म आयोजना हुनेछ ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८ गते खेल्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर असोज २४ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २७ मा खेल्नेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस