गण्डकीमा ३२८ कोरोना सङ्क्रमण मुक्त

रासस

आइतबार, २० भदौ २०७८, २१ : २६
गण्डकीमा ३२८ कोरोना सङ्क्रमण मुक्त

काठमाडौं । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३२८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा ९२ जना सङ्क्रमित थपिएका छन् भने छ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्की, तनहुँ, स्याङ्जा, वाग्लुङ, पर्वत र म्याग्दीका एक÷एक जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए ।

योसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३१२ पुगेको छ । स्वास्थ्य निर्देशनालयको पछिल्लो एक हप्ताको तथ्याङ्कअनुसार एक हप्तामा पाँच हजार ३०७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने २२ जनाको मृत्यु भएको छ । प्रदेशमा हाल दुई हजार ११८ जना सङ्क्रमित होम आइसोलेसनमा छन् । 

प्रतिक्रिया दिनुहोस