कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

शनिबार, १९ भदौ २०७८, ०८ : २१
कस्तो रहला आजको मौसम ?

काठमाडौं । शनिबार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना समेत रहेको छ।

यसैगरी राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।

महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने मनसुनी न्यून चापीय रेखा तराई भूभाग भन्दा केही तल रहेको छ।

प्रतिक्रिया दिनुहोस