काठमाडौं । बागमती प्रदेशमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्नेको सङ्ख्या थपिएको छ।
प्रदेश निर्वाचन कार्यालय, हेटौँडामा पुगेर थप एक जना प्रदेश सभाका सदस्यले शुक्रबार एकीकृत समाजवादी रोज्दै सनाखत गरेपछि एमाले छाड्ने प्रदेश सभाका सदस्यको सङ्ख्या प्रदेश सभामा १३ जना पुगेको छ।
एकीकृत समाजवादीका नेता एवं प्रदेश सभा सदस्य माधव पौडेलले प्रदेश सभाका सदस्य मीना ज्ञावलीले एकीकृत समाजवादीका पक्षमा सनाखत गरेको जानकारी दिइन् । यसअघि मङ्गलबार १२ जना प्रदेश सभा सदस्यले एमाले छाडेर एकीकृत समाजवादी रोजेका थिए।
प्रदेश सभाका १३ जना सदस्यले एकीकृत समाजवादी रोजेपछि एमालेको उपाध्यक्षसमेत रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् । जम्मा ११० जना प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा हाल कायम रहेको १०९ जना प्रदेश सभाका सदस्यमा एमालेको ५५ जना, माओवादी केन्द्रको २३, नेपाली काँग्रेसका २२, विवेकशील साझा पार्टीका तीन, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई–दुई तथा एक स्वतन्त्र प्रदेश सभाका सदस्य रहेका छन्। एकल बहुमतको सरकार गठन गर्न ५५ जना आवश्यक हुन्छ। गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १९ भदौ २०७८, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा