काबुल विमानस्थल सञ्चालन गर्न कतार र तालिवानबीच छलफल

एजेन्सी

शुक्रबार, १८ भदौ २०७८, १२ : ०५
काबुल विमानस्थल सञ्चालन गर्न कतार र तालिवानबीच छलफल

काठमाडाैं  । काबुल विमानस्थल पुनः सञ्चालन गर्नेबारेमा कतारले तालिवानसँग छलफल गरेको छ । कतारका विदेशमन्त्री अब्दुल्लरहमन अल थानीेले सो जानाकारी दिएका हुन् । कतारले काबुल छोड्न चाहने अफगानीलाई अनुमति दिनसमेत तालिवानलाई सुझाब दिएको छ । 

‘विमानस्थल पुनः सञ्चालन गर्न हामीले सक्दो प्रयत्न गरेका छौं । सम्भब भएसम्म चाँडै सञ्चालन हुनेमा हामी आशावादी छौं,’ विदेशमन्त्री थानीले भने । विमानस्थल सञ्चालनबारे आगामी सातासम्म केही सुखद समाचार आउने उनको आशा छ । 

तोकिएको समयमा स्वदेश फर्किने विदेशी सेना र उनीहरुसँगै जान चाहने अफगानीका  कारण काबुलको हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त बनेको थियो ।

विदेशी सेनाले अफगानिस्तान छाडेपछि पहिलो पटक कतारको राजधानी दोहाबाट प्राविधिकहरुको समूह बोकेको जहाज बुधबार काबुल पुगेको थियो ।  

प्रतिक्रिया दिनुहोस