काठमाडौं । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने मनसुनी न्यून चापिय रेखा पनि तराई भूभाग भन्दा केही तल रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका शुक्रबार बिहान देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी ,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ।
यसैगरी दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ भदौ २०७८, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
नेपालमा प्रवेश गर्यो मनसुन, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?