सुदूरपश्चिम : २९ सङ्क्रमित, २९ डिस्चार्ज

रासस

विहीबार, १७ भदौ २०७८, २० : ४४
सुदूरपश्चिम : २९ सङ्क्रमित, २९ डिस्चार्ज

काठमाडौँ । गएको २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि  भएको छ । पीसीआर र एन्टिजेन गरी कूल ८३१ जनाको परीक्षण गर्दा २९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

आरडिटी पीसीआर विधिमार्फत कूल १४२ जनाको परीक्षण गर्दा २६ र ६८९ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १६, महाकाली अस्पतालमा पाँच, डडेल्धुरा अस्पतालमा चार र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिमार्फत् गरिएको परीक्षणमा कञ्चनपुरका तीन जनामा सङ्क्रमण देखिएको हो ।

बितेको २४ घण्टामा कोरोना सङ्क्रमणबाट यस प्रदेशका कसैको पनि मृत्यु नभएको निर्देशनालयले जानकारी दिएको छ । यस्तै सोही अवधिमा २९ जना सङ्क्रमणमुक्त भएका छन् । 

प्रतिक्रिया दिनुहोस