काठमाडौं । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । बिहीबार साँझ दशरथ रंगशालामा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो ।
लले पहिलो हाफमा अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा नेपालले बराबरीमा चित्त बुझाउनु परेको हो । नेपालले ३६औँ मिनेटमा अञ्जन विष्टको गोलबाट अग्रता लिएको थियो । अञ्जनले भारतका रक्षकले गरेको गल्तीमा गोल हानेका हुन् ।
भारतका रक्षक चिङलेनसाना सिंहले गोलकिपर गुरप्रित सिंहलाई ब्याकपास दिएका थिए । तर गुरप्रितले राम्रोसँग नियन्त्रणमा लिन नपाउँदै अञ्जनले खोसेर खाली पोष्टमा गोल हानेका थिए । अन्तर्राष्ट्रिय फुटबलमा अञ्जनको यो पाँचौँ गोल हो । यसअघि उनले चाइनिज ताइपेई र कुवेतविरुद्ध गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ भदौ २०७८, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती
ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा
राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
एसियाली छनोट : समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
नेपाल एसियन गेम्समा छनोट