काठमाडौं । नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । बिहीबार साँझ दशरथ रंगशालामा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो ।
लले पहिलो हाफमा अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा नेपालले बराबरीमा चित्त बुझाउनु परेको हो । नेपालले ३६औँ मिनेटमा अञ्जन विष्टको गोलबाट अग्रता लिएको थियो । अञ्जनले भारतका रक्षकले गरेको गल्तीमा गोल हानेका हुन् ।
भारतका रक्षक चिङलेनसाना सिंहले गोलकिपर गुरप्रित सिंहलाई ब्याकपास दिएका थिए । तर गुरप्रितले राम्रोसँग नियन्त्रणमा लिन नपाउँदै अञ्जनले खोसेर खाली पोष्टमा गोल हानेका थिए । अन्तर्राष्ट्रिय फुटबलमा अञ्जनको यो पाँचौँ गोल हो । यसअघि उनले चाइनिज ताइपेई र कुवेतविरुद्ध गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ भदौ २०७८, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले भारतलाई हरायो
नेपालले हार्यो लगातार चार खेल, यूएईसँग फेरि पराजित
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
समोअसँग खेल्दै नेपाल, प्रतियोगिताको उपाधि जित्ने लक्ष्य