सुदूरपश्चिम : ३४ मा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

रासस

बुधबार, १६ भदौ २०७८, २० : २४
सुदूरपश्चिम : ३४ मा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी कूल ८०८ जनाको परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आरडिटी पीसीआर विधिमार्फत कूल २०० जनाको  परीक्षण गर्दा ३० र ६०८ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको हो । 

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २८, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको हो । बितेको २४ घण्टामा कोरोना सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ ।

सङ्क्रमण पुष्टि भएर सेती प्रादेशिक अस्पतालमा उपचाररत बैतडीका ३२ वर्षीय युवक र अछामका ५१ वर्षीय पुरुषको मृत्यु भएको हो । यस्तै सोही अवधिमा १४ जना सङ्क्रमणमुक्त भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म तीन लाख १४ हजार १४७ जनाको परीक्षण गर्दा ४६ हजार २८८ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोनाका कारण यस प्रदेशमा हालसम्म ५८५ जनाको मृत्यु भइसकेको छ ।  

प्रतिक्रिया दिनुहोस