सुर्खेत । कर्णाली प्रदेशका तीन सांसदले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । उनीहरू एमाले छाडेर एकीकृत समाजवादीमा लागेका हुन् ।
मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदम रोकाय र रुकुमकी देवी ओलीले बुधबार कर्णाली प्रदेशस्थित निर्वाचन आयोगको कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।
सांसद देवी ओलीले कर्णालीका अरु सांसद पनि एकीकृत समाजवादीमा आउने बताइन् । ‘मलगायत तीन सांसदले सनाखत गरेका छौं,’ उनले भनिन्, ‘सनाखत गर्ने समय बाँकी रहेकाले अरु सांसद थपिन्छन् ।’ २२ भदाैसम्म सनाखत गर्ने समय रहेको छ ।
तीन सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेसँगै प्रदेशसभामा अब एमालेका १३ जना सांसद छन् । प्रदेशमा एमालेका २० सांसद थिए । माधव नेपाल समूहसँग विगतमा रहेका प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा, नन्दसिंह बुढाले फ्लोर क्रस गरेपछि एमाले सांसदबाट कारबाही गरिएको थियो ।
नेपाल समूहमा रहेका सुर्खेतका पद्मा खड्का, जाजरकोटका करवीर शाही संस्थापन पक्षमा देखिएका छन् भने दैलेखका सुशील थापाले अझैसम्म प्रस्ट धारणा बनाइसकेको अवस्था छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ भदौ २०७८, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सभामा रिक्त संसदीय समितिले पायो पूर्णता
कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको जिम्मा उपाध्यायलाई