बन्न नपाउँदै ढल्ने अवस्थामा पुग्यो प्रदेश १ सरकार

पत्रपत्रिकाबाट

मंगलबार, १५ भदौ २०७८, ०७ : ५१
बन्न नपाउँदै ढल्ने अवस्थामा पुग्यो प्रदेश १ सरकार

काठमाडौं । प्रदेश १ सरकारले पुर्णता नपाउँदै बहुमत गुनामाउने अवस्था देखिएको छ । बहुमतप्राप्त दल एमाले विभाजनको असर प्रदेशसभामा पनि प्रष्ट देखा परेपछि सरकारले बहुमत कायम राख्न नसक्ने अवस्था देखिएको खबर गोरखापत्रमा छापिएको छ । 

प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा एमालेसँग ५१ सांसद छन् । सरकार गठन गर्न आवश्यक ४७ भन्दा बढी सांसद भएको पार्टी विभाजन पछि एकीकृत समाजवादीतर्फ १० सांसद खुल्दा मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार बन्न नपाउँदै धरापमा परेको हो ।

प्रतिक्रिया दिनुहोस