काठमाडौं । नेपाली काँग्रेसको केन्द्र, जिल्ला र प्रदेश सभापति पदमा निर्वाचित हुन खसेको कुल मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने भएको छ ।
सोअनुरूप ५० प्रतिशतभन्दा बढी मत कुनै पनि उम्मेदवारले ल्याउन नसकेको अवस्थामा पहिलो र दोस्रो मत प्राप्त गरेका दुई उम्मेदवारबीच पुनः मतदान गराउनुपर्ने छ ।
नेपाली काँग्रेसले आसन्न १४औँ महाधिवेशनमा हुने विभिन्न तहको निर्वाचनलाई लक्षित गरी जारी निर्वाचन निर्देशिका–२०७८ ले निर्वाचनसम्बन्धी सो व्यवस्था गरेको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको निर्वाचनका लागि पार्टीको केन्द्रीय कार्यसमितिले स्वीकृत गरी निर्वाचन निर्देशिका सार्वजनिक गरिएको हो । गाृरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १४ भदौ २०७८, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीष्मराजले धोका दिएपछि नयाँ नेता खोज्दै देउवा पक्ष
कांग्रेसको आधिकारिकता विवादमा आज अदालतमा पेशी
काँग्रेसको जरा अभियान : ७७ जिल्लामा खटिने प्रतिनिधिको नामावली सार्वजनिक(सूचीसहित)
काँग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु
काँग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु
सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने