काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी अरु कुनै पार्टीमा बिलिन नहुने स्पष्ट पारेका छन् । केपी ओली नेतृत्वको एमालेका नेता कार्यकर्ताले आफ्नो पार्टीबारे भ्रम फैलाएको उल्लेख गर्दै नेपालले आफ्नो पार्टी विशाल रहेको दावी गरे । गाउँ र टोलसम्म पार्टीको संगठनात्मक संरचना हुने र कतिपय ठाउँमा यसअघि नै समानान्तर संगठनका रुपमा आफूहरुको संरचना रहेको भन्दै नेपालले सबैले भ्रमलाई चिरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
‘भ्रमलाई चिर्नै पर्छ, सही विचारलाई अघि बढाउनु पर्छ’, नेपालले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै भने, ‘हामी मार्क्सवादबाट निर्देशित भएका व्यक्ति हौँ । क्रान्तिकारी विचार बाकेर अघि बढ्छौं ।’
उनले सघीय आफ्नो पक्षमा लागेकामा ३० जना सांसदहरुलाई धन्यवाद दिँदै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु पनि ठूलो संख्यामा आफ्नो पार्टीमा आउने क्रममा रहेको बताए ।उनले पार्टी सबै मोर्चामा सशक्त ढंगले अघि बढ्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ भदौ २०७८, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड