काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी अरु कुनै पार्टीमा बिलिन नहुने स्पष्ट पारेका छन् । केपी ओली नेतृत्वको एमालेका नेता कार्यकर्ताले आफ्नो पार्टीबारे भ्रम फैलाएको उल्लेख गर्दै नेपालले आफ्नो पार्टी विशाल रहेको दावी गरे । गाउँ र टोलसम्म पार्टीको संगठनात्मक संरचना हुने र कतिपय ठाउँमा यसअघि नै समानान्तर संगठनका रुपमा आफूहरुको संरचना रहेको भन्दै नेपालले सबैले भ्रमलाई चिरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
‘भ्रमलाई चिर्नै पर्छ, सही विचारलाई अघि बढाउनु पर्छ’, नेपालले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै भने, ‘हामी मार्क्सवादबाट निर्देशित भएका व्यक्ति हौँ । क्रान्तिकारी विचार बाकेर अघि बढ्छौं ।’
उनले सघीय आफ्नो पक्षमा लागेकामा ३० जना सांसदहरुलाई धन्यवाद दिँदै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु पनि ठूलो संख्यामा आफ्नो पार्टीमा आउने क्रममा रहेको बताए ।उनले पार्टी सबै मोर्चामा सशक्त ढंगले अघि बढ्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ भदौ २०७८, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश