काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्कस्थित निर्माणाधीन भ्युटावर छेउ र राष्ट्रिय सभागृहको उत्तर साँधमा रहेका आफ्ना एक सय पसल सटरको बहाल उठाउन सकेको छैन। करिब तीन रोपनीमा रहेका पसल कवलका व्यापारी हटाएर नयाँ बोलपत्रमार्फत भाडामा लगाउने तयारी महानगरपालिकाले गरेको छ।
सो पसल कवलको व्यवस्थापनमा महानगरपालिकाद्वारा गठित समितका सदस्य एवं ११ नं. वडाका वडाध्यक्ष हीरालाल तण्डुकारका अनुसार अहिले भाडा रकम नदिएपछि पसल कवलमा महानगरपालिकाद्वारा गठित यस समितिले तालाबन्दी गरेको छ।
राष्ट्रिय सभागृह बनाउने चीन सरकारको सहमतिबेगर यहाँ कुनै कार्य गर्न नपाइने सम्झौता रहेको बताउँदै तण्डुकारले बक्यौता रकम नउठाउन्जेल अर्को कारबाही गर्नु सम्झौताविपरीत हुने पनि बताए । पसल कवलबाट तीन करोड रुपियाँ हाराहारीमा बहाल रकम उठाउन बाँकी रहेको गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १३ भदौ २०७८, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह