काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई छाडेका दोस्रो पुस्ताका गोप्य कुराहरु खोलेका छन् । पेशागत महासंघ नेपाल, बाग्मती प्रदेशले शनिबार गरेको जिल्लास्तरीय भेलामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले दोस्रो पुस्ताले नै आफूलाई साथ दिने र पार्टी खोल्न दबाब दिएको बताए ।
माधव नेपालले भने, ‘आफूलाई आजै पार्टी खोलौं, भोलि पार्टी खोलौं भन्ने दबाव दिएर निर्वाचन आयोगमा दुई वटा पार्टी समेत दर्ता गराए । आज उनै दोस्रो पुस्ता मसँग छैनन् ।’ दोस्रो पुस्ताका नेताहरुले अर्को पार्टी बनाइराखौं, कुनै बेला घोषणा गर्नुपर्छ भनेर पार्टी दर्ता गराएको माधव नेपालको भनाइ थियो ।
उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत । कलम चुनाव चिह्न भएको पार्टी यही दोस्रो पुस्ताका नेताले खोलेका हुन् । नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक पनि निर्वाचन आयोगमा दर्ता भएको छ । दोस्रो पुस्ताकै नेताले खोलेका हुन् ।’
नेपालले दोस्रो पुस्ताका नेताहरुले आफूलाई धोका दिएको आशय व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘मलाई घचेटेर अगाडि बढ भने, पछाडि हेर्छु त कोही पनि छैन ।’ भोलि पार्टी फुटाऔं भन्ने नेताहरुको पोजिसन परिर्वतन भएको देख्दा अचम्म लागेको नेपालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ भदौ २०७८, १९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश