पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु, २०६५ जनामा संक्रमण पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, ११ भदौ २०७८, १६ : १४
पछिल्लो २४ घण्टामा थप २५  जना कोरोना संक्रमितको मृत्यु, २०६५ जनामा संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २०६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २५ जना कोरोना संक्रमितले ज्यान समेत गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा २३३७ जना संक्रमणमुक्त भएका छन् । देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार ६६३ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन विधिगरी कुल १३ हजार ११७ जनामा परीक्षण भएको थियो । 

यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या ८ लाख ३८ हजार ९४८ पुगेको छ भने त्यसमध्ये ७ लाख ८ हजार २३० जना निको भएका छन् । हाल देशभर ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस