काबुल बम विस्फोटमा ज्यान गुमाउनेको संख्या ९० पुग्यो

रासस

शुक्रबार, ११ भदौ २०७८, ११ : ५७
काबुल बम विस्फोटमा ज्यान गुमाउनेको संख्या ९० पुग्यो

काबुल । अफगानिस्तानको राजधानी काबुल विमानस्थलबाहिर भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या ९० पुगेको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै, विस्फोटमा घाइते हुनेको संख्या डेढसय नाघेको उल्लेख छ ।

ज्यान गुमाउनेमा १३ अमेरिकी सैनिक र अन्य अफगानिस्तानका नागरिक रहेको जनाइएको छ । गएराति काबुल विमानस्थलबाहिर लगातार ६ वटा बम विस्फोट भएको जनाइएको छ ।

न्यूजिल्यान्ड, अष्ट्रेलिया र क्यानडाले बम विस्फोटको घटना लगत्तै उद्दार कार्य स्थगित गरिएको जनाएका छन् । बिम विस्फोटको घटनापछि थप आतंकवादी आक्रमण हुनसक्ने भन्दै अमेरिका लगायतका मुलुकले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

अमेरिकाले आक्रमणको घटना पछाडि अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसआईको संलग्नता हुनसक्ने दावी गरेको छ ।