‘म त मर्छु कि क्या हो’ ओहो मुभिजमा सार्वजनिक हुँदै

सफल खबर संवाददाता

विहीबार, १० भदौ २०७८, २१ : १४
‘म त मर्छु कि क्या हो’ ओहो मुभिजमा सार्वजनिक हुँदै

काठमाडौं । प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिजले भोली भदौ ११ गते धुर्मुस सुन्तलीको लेखन तथा निर्देशन र सुदिप बरालको छायाङ्कन रहेको हाँस्य चलचित्र ‘म त मर्छु कि क्या हो’ प्रसारण गर्ने भएको छ । 

प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिज नेपाली सिनेमा पारखीहरूलाई ध्यानमा राखेर डिजाइन गरिएको एक विशेष प्लेटफर्म हो ।

ओहो मुभिजबाट प्रसारण हुने उक्त चलचित्रमा सीताराम कट्टेल, कुन्जना घिमिरे, बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, प्रमिला खनाल, सुमन कोइराला, सुमन कार्की, शुशिला थापा, बालदिप राई तथा घनश्याम गौतम लगायत कलाकारहरूको अभिनय रहेको छ ।

निर्देशक जोडी धुर्मुस सुन्तलीले ओटीटी ओटीटी प्लेटफर्ममा चलचित्र प्रसारणको घोषणा गर्न पाउँदा उत्साहित र हर्षित भएको बताए । यस प्लेटफर्मबाट दर्शकले जुनसुकै स्थानबाट पनि चलचित्र हेर्न पाउने भएकाले सबैले मन पराउने बताए ।  चलचित्र ‘म त मर्छु कि क्या हो’ हेर्नका लागि प्रभु पे एप डाउनलोड गरि सोही एपबाट शुल्क भुक्तानी गर्न पनि ओहो मुभिजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस