काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रबक्ताको जिम्मा वरिष्ठ नेता कृष्णबहादुर महरालाई दिईएको छ । साथै प्रकाशन तथा प्रसारण विभागको प्रमुख तथा राष्ट्रिय सुरक्षा विभागको प्रमुख समेत महरालाई बनाईएको छ ।
यस्तै संगठन विभाग प्रमुखमा जनार्दन शर्मा, राजकीय मामला तथा सु्शासन विभाग प्रमुखमा रेखा शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तै प्राध्यापक सम्बद्ध संगठनहरुको ईञ्चार्जमा नारायण शर्मा, केन्द्रीय कार्यालयको ईञ्चार्जमा बर्षमान पुनलाई प्रदान गरिएको छ । केन्द्रीय समितिको बैठकले उहाँहरुलाई जिम्मेवारी दिएको हो । यस्तै पार्टीको दाङ जिल्ला इञ्चार्जमा जीवन गौतमलाई निरन्तरता दिएको छ ।
त्यस्तै लुम्बिनी प्रदेशको पार्टीको ईञ्चार्जमा चक्रपानी खनाल, सहईञ्चार्जमा कुलप्रसाद केसी, हकिकुल्ला खान, प्रदेश अध्यक्षमा ओनसरी घर्ती र सचिबमा जगप्रसाद शर्मा ‘अपार’ लाई नै निरन्तरता दिईएको छ । उनीहरु एमालेसंग पार्टी एकता पछि सोही जिम्मेवारीमा थिए ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०९ भदौ २०७८, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने