काठमाडौँ । सुर्नया नदीमा बगेर आज एक जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुका ४२ वर्षीय रामसिंह साउद रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।
दिउँसो १ बजेतिर सुर्नया तर्ने क्रममा स्थानीय जयते खोला नजिकबाट साउद बेपत्ता भएका हुन् ।
बेपत्ता साउँदको प्रहरी र स्थानीयले खोजी जारी राखेका भए पनि लगातारको वर्षाले समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही दिनदेखिको लगातारको वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०४ भदौ २०७८, २१ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार
अविरल वर्षाको प्रभाव : प्रमुख आठ नदीको जलसतहले खतराको तह पार
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
देशका प्रमुख नदीमा बहाव बढ्दो
यी नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह