जोगिएलान् प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ?

मुख्यमन्त्री राईको सरकार धरापमा

सफल खबर संवाददाता

शुक्रबार, ०४ भदौ २०७८, ०९ : २१
जोगिएलान् प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको अंहम र ध्वसांत्मक शैलीले अन्तत एमाले विभाजित हुन पुगेपछि एमाले नेतृत्वमा रहेका सरकारहरु धमाधम गुम्न थालेको छ । केन्द्रमा ओलीले सत्ता छोडनु अगाडी गण्डकी प्रदेशबाट सत्ता गुमाउन शुरु गरेको ओली पक्षले त्यसपछि केन्द्र सरकार, लुम्बिनी प्रदेश सरकार पनि गुमाईसकेको छ ।

कर्णाली र सूदुरपश्चिम प्रदेशमा माओवादी सरकार ढलाउन ओलीले कम्मर कसेर तयारी गरेपनि अन्तत असफल भएका थिए । अहिले एमालेका वाग्मती प्रदेश र प्रदेश १ मा एमाले नेतृत्वका सरकार छन् । वाग्मतीमा डोरमणि पौडेलको सरकार गुम्ने देखेपछि ओलीले पौडेललाई राजीनामा गर्न लगाई अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएका छन् । तर जुन दिन अष्टलक्ष्मी मुख्यमन्त्री बनिन्, त्यही दिन उनी अल्पमतमा छन् । माधव नेपालले गठन गरेको दलमा कति सांसद जान्छन् भन्नेले अष्टलक्ष्मीको सत्ता जोगिने नजोगिनेमा अब त्यसले निर्धारण गर्छ ।

तर राजेन्द्र पाण्डे र मनु सिग्देल माधव नेपाल समुहमा जुटेपछि नै अष्टलक्ष्मी अल्पमतमा परिसकेका छन् । उता प्रदेश १ मा शेरधन राईको सरकार अब के हुन्छ ? भन्ने चर्चा पनि शुरु भईसकेको छ । सबैभन्दा बढी संकटमा राई नेतृत्वको सरकार परेको छ । प्रदेश १ मा एमाले नेतृत्वको सरकार टिकाउन ४७ सासदको आवश्यकता पर्छ । तर मुख्यमन्त्री राईसँग त्यो संख्या अब नपुग्ने प्रष्ट संकेत देखिईसकेको छ । राईको भन्दा विपक्षी गठबन्धनका नेताहरुको मत बलियो रहेका कारण अब प्रदेश १ मा राईको विकल्पमा को मुख्यमन्त्री बन्छ ? भन्ने चर्चा शुरु भएको छ । भीम आचार्य एमाले समाजवादीको माधव नेपाल समुहमा गएमा उनी मुख्यमन्त्री बन्ने पक्का छ । तर उनी एमालेमै रहने भएपछि उनको पनि विकल्पमा कसलाई मुख्यमन्त्री बनाउने भन्नेमा विपक्षी गठबन्धनका बीचमा छलफल शुरु भएको छ ।

प्रदेश १ मा कुल ९३ सांसद मध्ये एमालेको ५१ सांसद छन् । एमालेले बहुमतका आधारमा अहिलेसम्म एक्लै सरकार चलाउँदै आएको थियो । तर अब एमालेमा विभाजन पछि राई सिधै अल्पमतमा परेका छन् । ५१ मध्ये १९ जना सांसद यस अगाडी माधव नेपाल समुहमा थिए । तर अब पार्टी नै विभाजन पछि भने कति संख्यामा नेताहरु माधव नेपाल समुहमा जान्छन् भन्नेले राईको भाग्य र भविश्यको फैसला गर्नेछ । तर अहिलेसम्म माधव नेपाल समुहमा एमालेका कम्तीमा १५ सांसद जाने बताईएको छ ।

प्रदेश १ मा कुल ९३ सांसद मध्ये एमालेको ५१ सांसद छन् । एमालेले बहुमतका आधारमा अहिलेसम्म एक्लै सरकार चलाउँदै आएको थियो । तर अब एमालेमा विभाजन पछि राई सिधै अल्पमतमा परेका छन् । ५१ मध्ये १९ जना सांसद यस अगाडी माधव नेपाल समुहमा थिए । तर अब पार्टी नै विभाजन पछि भने कति संख्यामा नेताहरु माधव नेपाल समुहमा जान्छन् भन्नेले राईको भाग्य र भविश्यको फैसला गर्नेछ । तर अहिलेसम्म माधव नेपाल समुहमा एमालेका कम्तीमा १५ सांसद जाने बताईएको छ ।

उनीहरु पर्ख र हेरको नीति अनुसार छन् । केन्द्रमा माधव नेपालको पार्टी दर्ता हुने बित्तिकै प्रदेश र स्थानिय तहमा रहेका निर्वाचित जनप्रतिनिधिले २१ दिन भित्र आफुलाई मन लागेको दल रोज्न पाउने ब्यवस्था राजनीतिक दल सम्बन्धी ऐनमा ब्यवस्था गरिएको छ । त्यसले गर्दा पनि माधव नेपाल समुहमा रहेका १९ मध्ये १५ सांसद नेपाल समुहमा लाग्ने अनुमान गरिएको छ । यसो हुदा राजेन्द्र राई एमाले समाजवादीका तर्फबाट मुख्यमन्त्री बन्न सक्ने बताईएको छ । काग्रेसका रविन कोइरालाले पनि आफु मुख्यमन्त्री बन्न पाउनुपर्ने माग दाबी गरिरहेका छन् । माओवादी केन्द्रले भने मुख्यमन्त्रीमा दाबी नगर्ने बताएको छ । जसरी हुन्छ राईलाई मुख्यमन्त्रीबाट हटाउनु पर्ने योजनामा रहेको माओवादी केन्द्रले भने माधव नेपाल समुहका नेतालाई मुख्यमन्त्री बनाएर भएपनि सरकार फेर्नुपर्ने मत राखिरहेको छ ।

यसो हुदा जीवन घिमिरे पनि माधव नेपाल समुहमा अाँएमा घिमिरे र राजेन्द्र राई मध्ये एक, नभए राई नै मुख्यमन्त्री बन्न सक्छन् । प्रदेश १ मा काग्रेससँग २१, माओवादी केन्द्रसँग १५, जनता समाजवादी सँग ३, राष्ट्रिय प्रजातन्त्र पार्टी सँग १, संयुक्त लोकतान्त्रिक मञ्चसँग १ र एक पद खाली छ ।

विपक्षीहरु एक भएमा राईको सरकार ढल्ने छ । अहिले सबैभन्दा बढी संकट राईलाई परेको छ । ओली पक्षले भने सकेसम्म आफ्नो सरकार टिकाउनका लागि जे गर्नुपर्ने हो, त्यही गर्ने नीति लिएको छ । तर पनि एमाले समाजवादीमा कति सांसद खुल्छन् भन्नेले धेरै कुराको अर्थ राख्छ । तर अहिलेसम्म एमाले समाजवादी श्रोतले दिएको जानकारी अनुसार १५ सांसद नयाँ पार्टीमा जाने देखिएको छ । जसकाकारण मुख्यमन्त्री राईको सरकार धरापमा परेको छ ।

प्रतिक्रिया दिनुहोस