अष्टलक्ष्मी शाक्य बनिन् मुख्यमन्त्री, तीन सदस्यीय मन्त्रिपरिषद गठन

सफल खबर संवाददाता

बुधबार, ०२ भदौ २०७८, २२ : ०४
अष्टलक्ष्मी शाक्य बनिन् मुख्यमन्त्री, तीन सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् ।  बुधबार उनी वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । 

संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

उनले कृष्ण खनाललाई सामाजिक विकास मन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेकी हुन् । पाण्डेलाई दुईवटा मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

एमाले विभाजन भएसँगै बागमती प्रदेशमा विभाजनको असर कम गर्ने उद्देश्यले एमालेले सरकारको नेतृत्व परिवर्तन गरेको हो ।

प्रतिक्रिया दिनुहोस