नेकपा एमाले फुट्यो, नेपाल समूहले दियो नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

सफल खबर संवाददाता

बुधबार, ०२ भदौ २०७८, १६ : ०८
नेकपा एमाले फुट्यो, नेपाल समूहले दियो  नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौँ । माधव कुमार नेपाल समूहले नयाँ दल दर्ताको निवेदन निर्वाचन आयोगमा दिएसँगै नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटेको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । 

निर्वाचन आयोगमा दिएको निवेदनमा फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ । चुनाव चिन्ह खुल्ला किताब राखिएको छ । नवगठित पार्टीका नेता मेटमणि चौधरीले नेता राजेन्द्र पाण्डेलगायत निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिइसकेको बताए । 
 

प्रतिक्रिया दिनुहोस