नेकपा एमाले समाजवादी पार्टी दर्तापछि सरकारमा जाने माधव नेपाल समूहको निर्णय

सफल खबर संवाददाता

बुधबार, ०२ भदौ २०७८, १४ : ५४
नेकपा एमाले समाजवादी पार्टी दर्तापछि सरकारमा जाने माधव नेपाल समूहको निर्णय

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले आफ्नो पार्टी नेकपा एमाले समाजवादी पार्टी दर्ता भएपछि सरकारमा जाने निर्णय गरेको छ । उक्त समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको नाम र चुनाव चिह्नको टुंगो लगाइसकेपछि पार्टी दर्ता प्रक्रिया अगाडि बढाएको छ । 

माधव नेपालको अध्यक्षतामा निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता हुने एक केन्द्रीय सदस्यले बताए । ती केन्द्रीय सदस्यका अनुसार पार्टीको चुनाव चिह्न खुल्ला किताब रहने छ । 

नेपाल पक्षले कम्तीमा ६० सदस्यीय कार्यसमिति बनाउने तयारी गरेको छ। पार्टीको नाम, विधान, प्रस्तावना यसअघि नै टुंगो लगाइसकिएको छ। कम्युनिष्ट आन्दोलनमा लागेदेखि संस्थापन पक्षमा रहँदै आएका नेपालले पहिलो पटक संस्थापनका बिरुद्ध विद्रोह गरेर नयाँ पार्टी दर्तालाई अगाडि बढाएका छन् । 

प्रतिक्रिया दिनुहोस