चितवनमा पाँच संक्रमितको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २८ साउन २०७८, १७ : २२
चितवनमा पाँच संक्रमितको मृत्यु

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचार गराइरहेका पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर अस्पतालमा दुई र चितवन मेडिकल कलेजमा तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । चितवनका दुई, नवलपरासीको एक, बर्दियाको एक र अर्घाखाँचीको एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

चितवनका अस्पतालहरुमा २५३ जना बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा १०५ जना, भेन्टिलेटरमा ३९ जना, एचडीयूमा ४६ र जेनरल बेडमा १०२ जना रहेका छन् । आज २५ जना कोरोनाका बिरामी निको भएर घर फर्केका छन् । 
 

प्रतिक्रिया दिनुहोस