काठमाडौं । हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार दिउँसो देशका अधिकाँश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ। यस्तै राति पनि देशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हवर्षाको सम्भावना रहेको छ।
बिहीबार बिहान भने देशभर बदली रहि प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ साउन २०७८, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : तराईका धेरै स्थानहरूमा हुस्सु, पहाडी क्षेत्रमा हिमपातको सम्भावना
आजको मौसम : केही प्रदेशमा वर्षाको सम्भावना संगै तराईका अधिकांश स्थानमा हुस्सु
आजको मौसम : यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना