सत्तारुढ गठबन्धनको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

सफल खबर संवाददाता

आइतबार, २४ साउन २०७८, ०८ : ४७
सत्तारुढ गठबन्धनको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौँ । सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेको न्युनतम साझा कार्यक्रम सार्वजनिकको तयारी गरिएको छ । कार्यदलले सरकार सञ्चालनका लागि भन्दै तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गर्न लागिएको हो। 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आइतबार प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेअनुसार आज अपरान्ह सार्वजनिकको तयारी भएको कार्यदलका एक सदस्यले जानकारी दिए ।

गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएपनि मन्त्रिपरिषद्लाई पनि छिट्टै पूर्णता दिइने बताइएको छ ।  कार्यदलले शुक्रबार नै शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस