पौडी खेल्ने क्रममा युवकको मृत्यु

रासस

शनिबार, २३ साउन २०७८, १९ : ३१
पौडी खेल्ने क्रममा युवकको मृत्यु

चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का २७ वर्षीय रञ्जन आचार्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नदीमा डुबेर स्वास्थ्य अवस्था गम्भीर भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा आज साँझ ४ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस