अर्को भूमि आयोग बनाउँदै देउवा सरकार

सफल खबर संवाददाता

शनिबार, २३ साउन २०७८, १८ : ५६
अर्को भूमि आयोग बनाउँदै देउवा सरकार

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अर्को भूमिसम्बन्धी समस्या समाधान आयोग बनाउने तयारी थालेको छ । सरकारले संविधान अनुसार नबनेकाले यसअघि केपी ओलीको नेतृत्वको सरकारले बनाउन लागेको भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गरेको बताएको छ। 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले यसअघिको भूमि आयोग गठन हुँदा संविधानको प्रावधान छुटेको दावी गरे । उनले अब नयाँ भूमि आयोग संविबान बमोजिम बन्ने बताए । 

उनले यसअघि आयोग गठन हुँदा संविधानको धारा ४० को (५) र (६) को प्रावधान छुटेको दावी गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस