‘मालाश्री मोटर्स’को दोस्रो शोरुम रिजाल चोकमा सञ्चालनमा‘

सफल खबर संवाददाता

विहीबार, २१ साउन २०७८, १९ : ३२
‘मालाश्री मोटर्स’को दोस्रो शोरुम रिजाल चोकमा सञ्चालनमा‘

चितवन । टिभिएस ब्राण्डको मोटरसाइकल तथा स्कुटरको आधिकारीक बिक्रेता ‘मालाश्री मोटर्स’को दोस्रो शोरुम भरतपुरको रिजाल चोकमा सञ्चालनमा आएको छ । मालाश्री मोर्टस प्राइभेट लिमिटेडले भरतपुरको रिजालचोकमा अत्याधुनिक दोस्रो सोरुम बिस्तार गरि उद्धघाटन गरेको हो ।

आज विहिबार एक कायक्रमका बिच नायिका स्वस्तिमा खड्का र जगदम्बा मोर्टस प्राइभेट लिमिटेड का उपाध्यक्ष दिपक अग्रवालले सोरुमको उद्धघाटन गरेका हुन्न । सोही अवसरमा टिभीएस मोटर कम्पनीले नयाँ स्कुटर बिएस–भिआई कम्प्लायन्सको टिभिएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल ईन्जेक्शन आरटिएफआई लाई चितवनमा सार्वजनिक गरिएको हो ।

यो स्कुटर नेपालमै पहिलो ब्लुटुथ जडान गरिएको स्कुटर भएको मालाश्री मोटर्सका निर्देशक भिमसेन श्रेष्ठले बताए ।टिभिएस व्राण्डको मोटरसाईकल तथा स्कुटर बिक्रिवितरण गर्दै आएको मालाश्री मोटर्सले ग्राहकवर्गहरुलाई सजह सेवा दिन दोश्रो शाखा विस्तार गरेको मालाश्री मोटर्सका प्रबन्ध निर्देशक सरोज अर्यालले जानकारी दिए ।मालाश्री मोटर्सले ६ वर्षदेखि नारायणगढको लायन्सचोकमा पहिलो शोरुम सञ्चालन गर्दै आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस