प्रभाले ल्याइन् ‘फुर्के धागो–२’

सफल खबर संवाददाता

विहीबार, २१ साउन २०७८, १३ : ३८
प्रभाले ल्याइन् ‘फुर्के धागो–२’

काठमाडौं । प्रभा बर्तौलाको नयाँ गीत ‘फुर्के धागो–२’ सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार थानेश्वर गौतमको स्वर तथा संगीत रहेको छ । गीत गायनमा गौतमलाई गायिका शोभा गौतमले साथ दिएकी छन् ।

करिव दुई वर्ष अगाडि बजारमा आएको हिट गीत ‘फुर्के धागो’ को सिक्वेलको रुपमा यो गीत ल्याइएको हो । गीतमा उदयराज पौडेलको एरेन्ज छ । गीतको भिडियोमा अन्जली अधिकारी र नयन डिसीको अभिनय देख्न सकिन्छ ।

भुवन स्यान्बो तामाङले निर्देशन गरेको भिडियोमा वीर बहादुर थारुको सम्पादन छ । भिडियोमा बालकलाकार आसर्या खड्का र लिडिया तामाङको समेत अभिनय समेटिएको छ ।

 

प्रतिक्रिया दिनुहोस