लुम्बिनी प्रदेशसभा सदस्य वली पत्रकार सम्मेलनबाट सार्वजनिक हुँदै

सफल खबर संवाददाता

विहीबार, २१ साउन २०७८, १२ : ००
लुम्बिनी प्रदेशसभा सदस्य वली पत्रकार सम्मेलनबाट सार्वजनिक हुँदै

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य बिमला वलीले आज बुटवलमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक हुने भएकी छिन् । उनी आज बुटवलमा पत्रकार सम्मेलन गरेर सार्वजनिक हुने माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले जानकारी दिए । 

पटक–पटक दल अदलबदल गरेकी वलीले  माओवादी केन्द्रमै रहेको बताएकी छिन् । नेकपाबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट उप–निर्वाचन जितेर वली सांसद बनेपछि लगातार चर्चामा छिन् ।

दुई दिन अगाडि उनको माओवादी छाडेर एमाले रोजेको विज्ञप्ती आएको थियो । उनले फेरि बुधबार माओवादी केन्द्रमा रहेको बताएकी थिइन् । एमाले र माओवादी दुई अलग अलग पार्टी बनेपछि उनी कहिले एमाले  त कहिले माओवादी केन्द्र रोज्ने गरेकी थिईन् ।  

प्रतिक्रिया दिनुहोस