यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

सफल खबर संवाददाता

आइतबार, १७ साउन २०७८, ११ : ०५
यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौं । आज १ अगष्ट २०२१, नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ७६ पैसा र विक्रीदर १ सय १९ रुपैयाँ ३६ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १ सय ४१ रुपैयाँ १९ पैसा र विक्रीदर १ सय ४१ रुपैयाँ ९० पैसा रहेको छ । 

यूके पाउन्ड स्टलिङ एकको खरिददर १ सय ६५ रुपैयाँ ८९ पैसा र विक्रीदर १ सय ६६ रुपैयाँ ७३ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ०७ पैसा र विक्रीदर १ सय ३१ रुपैयाँ ७४ पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर ८७ रुपैयाँ ६६ पैसा र विक्रीदर ८८ रुपैयाँ १० पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४७ पैसा र विक्रीदर ९५ रुपैयाँ ९५ पैसा रहेको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८४ पैसा र विक्रीदर १० रुपैयाँ ८९ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ ३६ पैसा र विक्रीदर १८ रुपैयाँ ४६ पैसा रहेको छ । 

यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६७ पैसा र विक्रीदर ३१ रुपैयाँ ८३ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर अधिकतम ३२ रुपैयाँ ६२ पैसा र विक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस