जसपाको आधिकारिकताबारे निर्वाचन आयोगको निर्णयविरुद्ध ठाकुर सर्वोच्चमा

सफल खबर संवाददाता

शुक्रबार, १५ साउन २०७८, १५ : ००
जसपाको आधिकारिकताबारे निर्वाचन आयोगको निर्णयविरुद्ध ठाकुर सर्वोच्चमा

काठमाडौँ । जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने ठाकुरको निवेदनमा उल्लेख छ ।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी जसपाको साउन ११ गते आधिकारिकता दिएको थियो । आयोगमा ‘हेड काउन्ट’ पछि बहुमत रहेको भन्दै आयोगको पाँच सदस्यीय इजलासले आधिकारिकता यादव पक्षलाई दिएको हो ।रिटको पेसी आइतबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस