माधव नेपाललाई भेट्न कोटेश्वर पुगे विष्णु पौडेल

सफल खबर संवाददाता

शुक्रबार, १५ साउन २०७८, १३ : ४०
माधव नेपाललाई भेट्न कोटेश्वर पुगे विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उपमहासचिव विष्णुप्रसाद पौडेलले भेटेका छन् । नेता नेपाललाई भेट्न पौडेल कोटेश्वर पुगेका छन् ।

अहिले भेटवार्ता चलिरहेको स्रोतले जनाएको छ । बिहीबार नेता नेपाललाई संसदीय दलका उपनेता सुवास नेम्वाङले भेटेका थिए । अध्यक्ष केपी शर्मा ओली निकट नेम्वाङ र पौडेलले नेता नेपालसँग पार्टी एकताबारे छलफल गरेको बताइएको छ ।

गएको २७ असारमा दशबुँदे सहमति कार्यदल मार्फत जुटे पनि एमालेको विवाद हल हुन सकेको छैन । अध्यक्ष ओलीले कार्यदल नै विघटन गरेका छन् । तर अनौपचारिक वार्तालाई कायम राख्न नेम्वाङ र पौडेल नेता नेपाललाई भेट्न पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस