काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २
सय ४२ जनाको नमुना परीक्षण गर्दा ३ हजार ३ सय ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा १६ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय ७३ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९० हजार ६ सय ४२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ५९ हजार ३ सय ८० पुगेको छ ।
यस्तै हालसम्म देशभर संक्रमितमध्ये ६ लाख ५० हजार ४ सय ४५ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ८ सय ७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ साउन २०७८, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै