प्रधानमन्त्री देउवा र प्रचण्ड बिच भेटवार्ता, मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने

सफल खबर संवाददाता

विहीबार, १४ साउन २०७८, १० : ०१
प्रधानमन्त्री देउवा र प्रचण्ड बिच भेटवार्ता, मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल (दाहाल) प्रचण्डबीच बालुवाटारमा वार्तालाप भएको छ।

आज बिहान प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच छलफल भएको हो । मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने र गठबन्धनबाट सरकारका साझा कार्यक्रम ल्याउनेलगायत विषयमा उनीहरूबीच कुराकानी भएको एक नेताले बताए । 

बुधबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने समझदारी गरेका थिए।

प्रतिक्रिया दिनुहोस