टोक्यो ओलम्पिकमा १३ वर्षकी खेलाडीले जितिन् स्वर्ण

सफल खबर संवाददाता

मंगलबार, १२ साउन २०७८, १४ : ४७
टोक्यो ओलम्पिकमा १३ वर्षकी खेलाडीले जितिन् स्वर्ण

जापानको राजधानी टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिकमा जापानकी मोमिजी निशियाले सबैभन्दा कम उमेरमा स्वर्ण पदक जितेर विश्व कीर्तिमान कायम गरेकी छन् ।

उनले १३ वर्षको उमेरमा महिला स्ट्रिट स्केटबोर्डिङमा पहिलो पटक ओलम्पिक स्वर्ण पदक जितेर इतिहास रचेकी हुन् । जितपछि उनले भनेकी छन् ‘मैले सोचेको पनि थिइन,तर नजिकैका सबैले मलाई हौसला दिए । त्यसैले म खुशी छु ।’

यस्तै रजत पदक जित्ने ब्राजिलकी रेयसा लिएल पनि १३ वर्षकै हुन् । कास्य पदक जित्ने जापानकी फुना नाकायामा १६ वर्षकी छन् । यसपटक प्रतियोगिताको पहिलो स्वर्ण पदक चिनियाँ खेलाडीले जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस