को मन्त्री बन्न सक्छ को सक्दैन भन्ने कानुन र नियम बनोस् : दिव्यमणी राजभण्डारी

सफल खबर संवाददाता

मंगलबार, १२ साउन २०७८, १४ : १०
को मन्त्री बन्न सक्छ को सक्दैन भन्ने कानुन र नियम बनोस् : दिव्यमणी राजभण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले संविधानले उद्योगी व्यवसायीलाई सांसद बन्ने अधिकार दिएको भन्दै मन्त्री बन्दा भइरहेको टिकाटिप्पणीप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद राजभण्डारीले अहिले मन्त्री बनेका उमेश श्रेष्ठ र यसअघि बनेका मोती दुगडको बारेमा भएका टिकाटिप्पणीप्रति दुःख व्यक्त गरे ।

उनले भने, ‘को मन्त्री बन्न सक्छ को सक्दैन भन्ने कानुन र नियम बनोस् । म के चाहान्छु भने, यथाशीघ्र यो संसदले नियम कानून बनाएर चलोस् । यहाँ संसदमा कानूनमन्त्री पनि हुनुहुन्छ, पार्टीको नियम बनाउन जस्तो ढिला नगरौं ।’

राजभण्डारीले प्रधानमन्त्रीले सम्बोधन गर्दा संसदमा विपक्षी दलका नेता अनुपस्थित भएकोमा पनि आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस