सरकारको कारणले माननियको लोगो लुकाएर हिड्नुपर्ने अवस्था आएको छ : गजेन्द्र महत

सफल खबर संवाददाता

मंगलबार, १२ साउन २०७८, १३ : ५५
सरकारको कारणले माननियको लोगो लुकाएर हिड्नुपर्ने अवस्था आएको छ : गजेन्द्र महत

काठमाडौं । प्रतिनिधिसभा सदस्य गजेन्द्र महतले सरकारको कारणले आफूहरूले माननियको लोगो लुकाएर हिड्नुपर्ने अवस्था आएको  बताएका छन। मंगलबारको प्रतिनिधिसभा बैठकम बोल्दै सांसद् महतले सरकार र मन्त्रीहरूको कारणले आफूहरूले माननियको लोगो लुकाएर हिड्नुपर्ने अवस्था आएको बताए ।

‘हामी भूतले खाजा खाने समय माननिय भएछौँ सभामुख महोदय,’ उनले भने, ‘माननिय मन्त्री र सरकारलेको कारणले लोगो लुकाएर हिड्नुपर्ने अवस्था आएको छ, तपाईंलाई पत्यार लाग्छ कि लाग्दैन ।’

सांसद् महतले कर्णालीमा पैसा तिरेर बिजुली बाल्छौँ भन्दा नपाइरहेको अवस्थामा सरकारले गरिबलाई सित्तैमा बिजुली दिन्छु भनेर गफ दिएको बताए ।

प्रतिक्रिया दिनुहोस