काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गणतन्त्रविरुद्ध अभिव्यक्ति दिनेलाई ‘राजतन्त्रका भूत’ को संज्ञा दिएका छन् ।
उनले त्यस्ता शक्तिसँग वैकल्पिक राजनीतिको सपना बोहका युवाहरु भने सचेत बन्नुपर्नेमा जोड दिएका छन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन’, भट्टरईले ट्वीटरमा लेखेका छन्, ‘बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून ।’
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मबारे जनमत संग्रहको प्रस्ताव गरेपछि बाबुरामले जवाफमा यस्तो बताएका हुन् ।
उनले झिंगाको सरापले डिंगा मर्दैन तर्क गर्दै कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुन जरुरी नभएको पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ साउन २०७८, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवीन्द्र मिश्रद्वारा राप्रपाका सबै जिम्मेवारीहरूबाट राजीनामाको घोषणा
विमानस्थलबाहिर शान्तिपूर्ण स्वागत नागरिकको अधिकार : रवीन्द्र मिश्र
रवीन्द्र मिश्रले काठमाडौँ-१ बाट गरे उम्मेदवारी दर्ता
शेखर कोइरालालाई रवीन्द्र मिश्रको पत्र -यस्तो पाराले राजनेता भइन्छ ?
निर्वाचन अगाडि नै रवीन्द्र मिश्रको भविष्यमा कालो बादल
पर्सा–३ बाट रवीन्द्र मिश्र प्रत्यक्षतर्फ पहिलो नम्बरमा सिफारिस