काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गणतन्त्रविरुद्ध अभिव्यक्ति दिनेलाई ‘राजतन्त्रका भूत’ को संज्ञा दिएका छन् ।
उनले त्यस्ता शक्तिसँग वैकल्पिक राजनीतिको सपना बोहका युवाहरु भने सचेत बन्नुपर्नेमा जोड दिएका छन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन’, भट्टरईले ट्वीटरमा लेखेका छन्, ‘बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून ।’
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मबारे जनमत संग्रहको प्रस्ताव गरेपछि बाबुरामले जवाफमा यस्तो बताएका हुन् ।
उनले झिंगाको सरापले डिंगा मर्दैन तर्क गर्दै कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुन जरुरी नभएको पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ साउन २०७८, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवीन्द्र मिश्र धरौटीमा रिहा
रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित
रवीन्द्र मिश्र र धवल शमशेर सम्पर्कविहीन, जिम्मा लिने वकिललाई ५० हजार जरिवाना
रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश चुँडाल र श्रेष्ठको इजलासमा
रवीन्द्र मिश्रसहित इजलासमा उपस्थित हुन सर्वोच्चको आदेश
रवीन्द्र मिश्रसहितका आरोपितलाई पुनः म्याद थप गर्न अदालत लगियो